२ माघ २०७५, बुधबार

दमक । झापामा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ । मंगलबार बेलुका जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित पालिया खोला नजिक भएको दुर्घटनामा परी मेचीनगर ७ निवासी ४५ वर्षका डेनी जोनको मृत्यु भएको हो ।

चिया बगानमा काम गर्ने डेनीलाई तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । रोडमा ट्यांकरले ठक्कर दिने बित्तिकै लडेका उनलाई मे १ ख २६५२ नम्बरको यात्रुबाहक बसले किचेपछि घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने ट्याकंर र बसका नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV