२ माघ २०७५, बुधबार

काठमाडाै‌ । प्रधानमन्त्रीले समय दिन आलटाल गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस रुष्ट बनेको छ ।

कांग्रेसका पूर्वप्रधानमन्त्रीका नाममा खोलिएका अस्पताल सरकारले बन्द गर्न लागेको भन्दै ध्यानाकर्षण गराउन समय मागेको कांग्रेस नेतालाई प्रधानमन्त्रीले समय दिन आलटाल गरेको आरोप छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई दुई दिनदेखि भेट्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएका छैनन् । कार्यव्यवस्तताका कारण प्रधानमन्त्रीले समय दिन नसकेको उनको निजी सचिवालयले जनाएको छ । कांग्रेसका दुई नेताका नाममा रहेका अस्पताल बन्द गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्न पौडेलले सोमबार प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए । समय नमिलेको भन्दै भेट नदिएका प्रधानमन्त्रीले मंगलबार पनि समय उपलव्ध गराएनन् ।

प्रधानमन्त्रीले समय नदिने नियत राखे आन्दोलन गर्ने कांग्रेसले चेतावनी दिएको छ । कांग्रेस नेता पौडेलले सरकारको रवैया प्रतिपक्षी दललाई पेल्ने रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV