
- नविन राई
काठमाडौँ । हाम्रो हरेक समाजमा रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको हुन्छ । खेलकुदले मान्छे मान्छेबीच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । खेलकुदले एकातिर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गराउँछ भने अर्कातिर आपसी भाइचाराको भाव जगाउँछ ।
नेपालमा राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेलमा परिरहेका हुन्छन् । गाँउ घरमा लुकेका कयाैं प्रतिभाहरू अवसरको कमिले गर्दा आझेलमा परिरहेका छन् ।

नेपालमा खेलकुदको लामो इतिहास हुूदाहुूदै पनि राज्यको अहिलेसम्मको खेलकुदप्रतिको उदासीनताका कारणले नै खेलकुदको विकास हुन सकिरहेको छैन । राज्यबाट बन्ने सही नीतिबिना समग्र खेल क्षेत्रको विकास हुन सकेकाे छैन । खेलकुदप्रति आम युवाहरूको आकर्षण बढाउँदै लैजानु पर्ने आवश्यकता बढेर गएको छ ।
पछिल्लो समय नेपाली खेल जगत् क्रमशः व्यावसायिक बन्दै गएको छ । खेल क्षेत्रमा व्यवसायिकता वृद्धिसँगै व्यावसायिक खेलाडीहरू देखिन थालेका छन् । खेलकुदमै लागेर पनि भविष्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुँदै गएको छ । खेलकुदमा व्यवसायिकता वृद्धिसँगै विभिन्न खेलकुद प्रतियोगिता, खेलाडी र खेलकुद क्लबहरूको प्रायोजनमा केही व्यावसायिक घराना र उद्यमी, व्यवसायीहरू अगाडि आइरहेको पनि देखिन्छ ।
खेल क्षेत्रबाट चर्चा पाएका पाँच खेलाडि
महेश्वर महर्जन
पछिल्लो समय महेश्वर महर्जन निकै चर्चामा आए । थाइल्यान्डको चाङमईमा भएको १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि उनकाे चर्चा चुलिएकाे हाे । महेश्वरले पुरुष ७५ केजीमा शारीरिक सुगठनमा स्वर्ण जितेका थिए।
नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक थियाे । महेश्वरले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो। महेश्वरले २०१६ मा भुटानमा भएको ५०औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।
यस्तै नेपाली बडिबिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्तित धर्मश्रीको १३औँ संस्करणमा ओभरअल च्याम्पियन बनेका महेश्वर १४औँ र १५औँ संस्करणमा ओभरअलमा दोस्रो भएका थिए।
मीरा राई
नेपाली चेली मीरा राईले साहसी खेल ‘एड्भेन्चरर अफ द ईयर २०१ ‘को उपाधि जितेकी थिइन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरूको सूचीमा उनी पहिलो भएकी थिइन् ।

विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् । ९ चैत, २०७० यो मीरा राईले अल्ट्रा रेसमा सुरु गरेकी थिइन ।
राईले हङकङमा सम्पन्न एमएसआईजी लान्ताउ एसियन स्काइरनिङ च्याम्पियनसिपको उपाधि पनि जितेकी छन् । ५० किलोमिटरको उक्त दौड मीराले ६ घन्टा ५० मिनेटमा पूरा गरेकि थिइन् ।
भोजपुर सानो दुम्माना मा सानो दुम्माकी मीरा राई खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मीएकी पूर्व माओवादी लडाकु हुन् ।
सन्दीप लामिछाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बनेका छन् । लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।

भारतीय क्रिकेट क्लब दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा विदेशमा उनको चर्चा चुलिएको थियो। सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो। धाई दिनेमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीदेखि नेपालका क्रिकेटप्रेमी र राजनीतिज्ञ समेत थिए।
क्यारोवियन प्रिमियर लिग, क्यानेडियन प्रिमियर लिग, विगब्यास लिग र टी–१० क्रिकेट लिग र पाकिस्तान सुपर लिगमा खेलीसकेका छन् । सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको थियो । पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौँ चरणमा क्लबले लिएको हो । छैटौँ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ ।
पाकिस्तान सुपर लिगमा सन्दिपलाई लाहोरले ५० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सन्दिपले पाकिस्तानी सुपर लिगमा विश्वका उत्कृष्ट खेलाडीमा एवी डिभिलियर्स, यासिर शाह सहिद अफ्रिदी अघि सलमान, सोहिल अख्तर, मोहम्मद हफिज लगायतका खेलाडीसँग सहकार्य गरेका थिए ।
पारस खड्का
पारस खड्का, एक सफल खेलाडी तथा कप्तान हुन । उनी राष्ट्रिय क्रिकेट टिमका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको २२ वर्ष नाघिसक्यो । उनकै कप्तानीमा आजको दिनमा नेपालले एक दिवसीय क्रिकेट खेलिसकेको छ । आठ वर्ष अगाडी नेपालले आईसिसि वल्र्ड डिभिजन लिग खेलेको नेपाल सन् २०१८ मा आइपुग्दा ‘ओडिआई’ खेल्ने राष्ट्र बनिसकेको छ । नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको थियो।
पारसको नेतृत्वमा नेपालले वि.स. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो । पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन-४ र त्यस लगत्तै दुबईमा एसिसी एलिट ट्रफी २०१३ को उपाधि जित्यो । त्यस्तै चैतमा नेपालमा सम्पन्न एसिसी टि-ट्वान्टी कप २०१३को फाइनल खेलेको थियो । एसिसीका दुबै प्रतियोगितामा पारस ‘म्यान अफ द सिरिज’ बने ।
नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् ।
पारस खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए ।
विमल घर्ती
विमल घर्ती मगर नेपाली फुटबल खेलाडी हुन् । जो नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण सदस्य हुन् । विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए ।

मगरले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तान विरूद्ध गरेका थिए । नेपाल पाकिस्तान समक्ष १ गोलले पछि पर्दा उनले किर्तिमनी बराबरी गोल गरेका थिए । उनको यही गोलको मद्दतमा नेपाल प्रतियोगिताको सेमिफाइनल सम्म पुग्न सफल भएको थियो ।
विमलले नेपालको प्रतिनिधित्व गर्दै एएफसी यू-१४ फुटबल फेस्टिभल २०१२ मा सहभागी जनाएका थीए । उक्त प्रतियोगिता उनले १ ह्याटि्रक सहित ८ गोल गरेका थिए । श्रीलंका यू-१९ टिम विरूद्व उनले ह्याटि्रक गर्न सफल भएका थिए । विमल साफ च्याम्पियनसिप मा सबै भन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपको भारत विरूद्धधको खेलमा २ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।
खेलकुद क्षेत्रमा किन विकास भएन ?
नेपालमा खेलकुदको समग्रमा राम्रोसँग विकास हुन सकेको छैन । मूलतः स्पष्ट खेलकुद नीतिको अभाव र राजनीतिले गर्दा खेलकुदमा राम्रोसँग विकास हुन सकिरहेको छैन । खेलकुद राज्यको प्राथमिकतामा नपर्नु कुनै समस्या होइन र अस्वाभाविक पनि होइन । किनभने, नेपालजस्तो जीवनका हरेक क्षेत्रमा पिछडिएको र विकासको खास वेग समात्न नसकेको मुलुकमा खेलकुदजस्तो कुनै एउटै क्षेत्रले विशेष प्राथमिकता पाउन सक्ने अवस्था नै हुँदैन ।
४६ सालको परिवर्तनपछि आएको जुनकुनै नेतृत्व भए पनि त्यसयता बितेका ३० वर्षको अवधिमा मुलुकले जति खेलकुदमा विकास गर्नु पर्ने हाे त्याे भएकाे छैन । अहिले पनि प्रयोग भइरहेका धेरैजसो रंगशाला र खेलमैदान दिवंगत शरद्चन्द्र शाह राखेप सदस्यसचिव रहेको समयमा निर्माण भएका हुन् । ४६ सालको परिवर्तनपछि मुलुकले पाएको एउटै खेलसंरचना ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलपरिसर मात्र हो ।
पूर्वाधारमा क्रमशः विकास हुँदै छ । तर, आवश्यकताअनुसारको पूर्वाधारको विकास भएको छैन ।
प्रशिक्षक पनि पुरानो मोडलका छन् । वैदेशिक प्रशिक्षणमा लामोसमयम्म लान सकिएको छैन । विशेष तालिमहरू दिइएको छैन ।
खेलकुद क्षेत्रको विकास गर्ने प्रमुख कुरा भनेको खेलकुदसम्बन्धी स्पष्ट नीति हो । सरकारको नीतिलाई स्पष्ट पारिदिनुपर्ने, भिजन स्पष्ट पारिदिनुपर्ने र खेलकुदमा बजेट पर्याप्त आउने र सबैले गौरव गर्ने खेलकुद बनाउनुपर्ने दायित्व मेरो काँधमा छ । सिंगो देशले हाम्रो सम्पत्ति हो भन्ने अनुभूति गराउनुपर्छ । नेपाललाई विश्वमा चिनाउने खेलकुदले नै भन्ने कुरा सबैले बोध गर्नुपर्छ । भएका विवादलाई अन्त्य गर्दै सबैले अपनत्व गर्ने अवस्थामा पु¥याउनु छ ।
खेलाडी र खेल भनेपछि सबैले गर्व गरुन्, एकताबद्ध होउन्, त्यहाँभित्र कुनै पनि शंका, उपशंका, भय, त्रासको अवस्था नहोस्, विकृति, विसंगतिबाट मुक्त भएको क्षेत्र बनाउनुपर्ने चुनौती छ । अहिले खेलकुदबाहेक नेपाललाई चिनाउने अर्को चिज छैन । सगरमाथा र बुद्धको देश मात्र भनेर चिनाउनुमा गर्व गरेर अब हुँदैन । अब खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छ ।
नेपालको खेलकुद ओरालो लागेको छैन । ढिलो गतिमा अगाडि बढिरहेको छ । तर, अरू देशको तुलननमा नेपाल धेरै पछि नै परेकाे छ । हाम्रोमा पहिलो त राजनीतिक स्थिरता भएन, दोस्रो राजनीतिज्ञले खेलकुदको महत्व बुझेनन् । राजनीतिक दल, नेता र सरकार खेलकुदमैत्री हुन आवश्यक छ । नेपालमा खेलकुदको सम्भावना राम्रो छ ।