२ माघ २०७५, बुधबार

काठमाडौं । सरकारले मोबाइल एप मार्फत निजी मोटरसाइकलमा यात्रु ओसार्न रोक लगाएको छ । ‘टुटल’ र ‘पठाओ’ले मोबाइल एपमार्फत यात्रु ओसार्ने सेवा दिँदै आएका थिए ।

ट्याक्सी व्यवसायीको दबाबमा परेर सरकारले यी एपबाट दिने सेवा बन्द गरेको हो। ट्याक्सी सञ्चालकले ट्राफिक प्रहरीलाई आफ्नो पक्षमा पार्न सफल भएपछि उक्त सेवा दिइरहेका चालकसमेत पक्राउमा परेको जनाइएको छ ।

टुटल र पठाओ सेवाबाट यात्रुलाई सेवा दिइरहेका चार मोटरसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो। उपत्यकामा यो सेवा लोकप्रिय बन्दै गएका वेला ट्याक्सी सञ्चालकहरूले ट्राफिक प्रहरीमार्फत यी सेवा बन्द गराउन दबाब बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV