१ माघ २०७५, मंगलवार

कालिकोट । कर्णालीको कालिकोट स्थित जमुना हिल्सा सडकलाई कर्णाली करिडोरसँग जोड्ने कालेखोला, खुलालुको पक्की पुल पटक पटक शिलान्यास भएपनि अझैसम्म काम शुरु भएको छैन् ।

कर्णाली पुल तार्न नेपाली सेनाले सञ्चालनमा ल्याएको फेरी त छ, तर त्यसले के नै गर्छ र । पल्की पुल निर्माणका लागि डिभिजन सडक कार्यालय जुम्लाले २०६८, ६९ मा कनकाई नेपाल प्रगति जेभीलाई ठेक्का दिएको थियो ।
तर पुलको ठेक्काहुनु पुर्वनै विभिन्ना राजनीतिक दलका नेताहरुले पुल बन्ने भन्दै पुलको सिलन्यास गरिसकेका थिए । स्थानीयहरुका अनुसार निर्वाचन पूर्व दुई पटक पुलको शिलान्यास भयो भने दुई पटक पुल हामी बनाउछौं भन्दै निरीक्षण गर्ने काम भयो ।

यति सम्मकी पुलका लागि बजेट आउनु पूर्व नै पुलको शिलान्यास गरिएको रहेछ । ३ बर्षमा पुरा गर्ने भनि कनकाई नेपाल प्रगति जेवीले ठेक्का लिएको पनि बर्षाै भइसक्यो । तर पनि पुल बन्ने कुनै छाट देखिदैन । ठेकेदारक कम्पनिले कहिले स्टिमेट डिजाइनमा फरक प¥यो भन्छ भने कहिले काम गर्दिन भन्छ । पुल नबनेका कारण धेरैले दुख पाईरहेका छन् । फेरीबाट सवारी साधन सार्नुपर्ने हुन्छ । त्यो पनि भनेको समयमा मिल्दैन् ।

कर्णाली करिडोरसँग जमुना हिल्सा सडक जोड्ने यो पक्की पुल नबन्दा धेरैले दुख पाइरहेका छन् । पुल बन्यो भने करिव कालिकोट मात्र नभई हुम्ला, मुगु र बजुराका गरी करीब डेढ लाख बढी मानिसहरु लाभान्वित हुन्छन् । तर सरकारी उदासिनता र ठेकेदारको लापरवाहीका कारण पुल बन्न अझै कति बर्ष लाग्नेहो कसैलाई थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV