पद धारण गरेको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने नियम मन्त्री ज्युलाई किन लागु भएन ?



प्रकाशित मिति : Jan 15, 2019

देशका उपप्रधानमन्त्री उपेन्द्र यादवसहित ४ जना मन्त्रीले सम्पत्ति विवरण नबुझाएको समाचार आएको छ । पद धारण गरेको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनु पर्ने नियम मन्त्री ज्युलाई किन लागु भएन ? त्यो थाहा छैन तर सम्पत्ती विवरण बुझाएरै पनि हुने त केही होइन रहेछ ।
कानुन बन्नु भन्दा पहिले कानुन तोड्ने, मोड्ने, फोड्ने, जोड्ने सब जानेका बेइमानहरुको राज चलेको ठाँउमा १ दुई पेजको सम्पत्ति विवरण न्याप्किन जति पनि काम लाग्दैन । यस्ता औपाचारिकतामा समय बर्बाद नगरेकै राम्रो ।

सम्पत्ति लुकाउन चाहनेहरुका लागि यो कुरा बाँया हातको खेल हो । एक चुट्कीमा लुकाइन्छ । खोज विन गर्ने अख्तियारी पाएका फिस्टे चराको भन्दा पनि सानो मुटुवालाहरुले जागिर त पाए तर काम पाएनन् । भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ती आफ्ना छोरा छोरी मार्फत वा आफन्त माार्फत विदेश पठाएका कयाँै भूतपूर्वहरु वा भनाँै रिटायर्ड उच्च पदस्थहरु यतिखेर अमेरिका, अष्टे«लियामा बसेर यो कार्यक्रम हेर्दैछन् ।

बाउले देश लुटेर हुण्डी मार्फत कमाएको सम्पत्तिले २/३ बर्षमै रेष्टुरेण्ट, ग्यास स्टेशन, विभिन्न अन्य व्यवसाय गरेर विदेशमै घर सम्पत्ति जोडेको देख्न सक्ने आँखा भएको एउटा माइकलाल नदेखी मरिन्छ कि ? पीर यहि छ ।

जागिर खाउन्जेल देशलाई लुटेका, रिटायर्ड भएर विदेश गई छोरा बुहारी वा छोरी ज्वाईका साथी भाइसँग गफ चुटेकाहरु गनेर भ्याइन्न् । तर पनि तिनको कमाइ गैर कानुनी देखाउन सक्ने कोही पनि छैन । सम्पत्ति विवरण त सबले बुझाएको हुन नि ।

वर्षमा एक पटक नेपाल फर्केर टिभिमा पत्र पत्रिकामा हामी कहाँनिर पछाडि प¥यौँ भन्ने शिर्षकमा भाषण दिने र आर्टिकल लेख्न पनि भ्याउँछन् यी भूतपूर्वहरु । तर हामी यिनै र यस्तै केही भूतपूर्वहरुले गर्दा नै पछि प¥याँै । सम्पती विवरणको २ पन्ने औपचारिकताले अकुत कमाउन न हिजो कसैलाई रोक्यो ।

न आज कसैलाइ रोकेको छ । यो त भयो समस्या, तर के सम्पत्ति शुद्धिकरणलाई उपाय पनि चाहिएको हो त । नेदरल्याण्डमा क्राइम रेट घटेर जेलहरु नै बन्द हुँदैछन् । अपराध गर्नेहरु घटेको घट्यै भएपछि नेदरल्याण्डले आफ्ना धेरै जेलहरु भटाभट बन्द गर्दैछ ।

तर यदी नेपालमा अख्तीयारी पाएको निकाएले देशलाई मात्र माया गर्ने हो भने जेलहरुको संख्या दोब्बर तेब्बर बढ्न सक्छ । हामी आइडिया दिन्छौ, तर सुनेपछि लागु गर्न सक्ने मुटु पनि चाहियो । देशका कुनै पनि राजनीतिज्ञ, कर्मचारी, आदीको सम्पत्ति विवरण लिदा ती व्यत्ति र तिनको आफ्नै परिवारको मात्र विवरण लिएर हुँदैन ।

प्रत्येक व्यक्तिको साला साली, भान्जा भान्जी, दिदी बहिनी, भिनाजु, ज्वाई, साडुभाई , काका काकी र तिनका छोराछोरी तिनका पनि मामा, काका भाइ भतिजा मात्र होइन टप १० मित्रहरु र तिनका पनि परिवार नातागोता सम्मको सम्पतीको पुरै लिष्ट, बैंक ट्रान्जेक्सन, लाइफ स्टाइलको अब्जर्भेसन इमान्दार भएर गर्ने हो भने देशमा भएका जेल १/२/३ पुग्दैनन् ।

कसैलाई लाग्न सक्छ, एउटै मान्छेका यति धेरै नातेदार, आफन्त, साथीसँगिको विवरण चेक गरेर साध्य चल्छ । म भन्छु, यो काम जान्नेका लागि बायाँ हातको पनि कान्छी औलाको खेल हो । इच्छा शक्ति नभएका अल्छिहरुका लागि मात्र यो असम्भव हो ।

देश विदेशमा जहाँ भएका मानिसहरुको पनि विवरण सजिलै प्राप्त गर्न सकिन्छ तर राज्यले चाहनु मात्र प¥यो । संसारका कयाँै देशहरुसँग एन्टी करपशन प्रोग्रामका एक सा एक मोडल छन् । छानेर, चुनेर त्यस्ता प्रोग्राम र विशेषज्ञहरु हायर गर्न पाइन्छ । कसैलाई यो देशका वाहालवाला, रिटायर्ड एवं स्वर्गवास सरी नर्कवास, भ्रष्टाचारीलाई केको स्वर्गवास भन्नु ।

कसैलाई यो देशका वाहालवाला, रिटर्यड, नर्कबास भइसकेकाहरुको अकुत सम्पत्ती खोजेर तिनलाई जेल कोचेर यो देशको बफादार सिपाही भन्नु छ भने स्वागत छ, एनि टाइम, एनि होयर । हवाई चप्पल पड्काउने साइलो आँफैले गन्न नसकिने सम्पत्तिको मालिक भएको दुनियाँले देखिसके तर सम्पत्ति शुद्धिकरणले देख्दैन भने त्यस्तो कमजोर सिष्टम र कार्यशैली हात्तीको देखाउने दाँत मात्र हो ।

बच्चा केटाकेटी तर्साउने अफिसहरु र अफिसरहरुको खासै काम छैन । राजनीति सेवा हो, कर्मचारी तन्त्र पनि राष्ट्रको सेवा हो । एउटा व्यापारी आफ्नो घर, जग्गा, गरगहना, क्यास, सब लगाएर व्यापार, व्यवसाय उद्योग चलाउँछ । व्यापारीले कर बुझाउँछ, सयाँै हजारौँलाई रोजगारी दिन्छ ।

एउटा प्युँसो सरकारी हाकिम उस्तै परे उद्योग बन्द गरिदिन्छु भनेर करोडाँै, अरर्वौको मालिकको निदं हराम गरिदिन्छ । हाकिम साबको केही जाँदैन, व्यापारीको सर्वस्व डुब्छ । घर परिवार बाल बच्चा, चाडपर्व नभनी मेहनत गर्ने व्यापारी, व्यवसायीको भन्दा राष्ट्रसेवक उच्च पदस्थको जीवनशैली पो विलासी ।

सच्चा राष्ट्रसेवक सधै पछाडि, योग्यता नपुगेर होइन चाकडी नजानेर । यसरी आफन्तदेखि गोरु बेचेको साइनोसम्मका खातामा पुगेको सम्पत्ति खोजी गर्ने हो भने पुल, अस्पताल बाटाहरु कति बन्लान ।

आँखै अगाडि चिया खाएको पैसो समेत तिर्न नसक्नेहरुले करोडाँै करोडका मालिक कसरी बने । कसैले कमाएको सम्पत्तिबाट एक सुको चाहिएको होइन तर विना लगानी मालामाल हुने राजनीतिलाई किन फोहरी खेल भन्या होला ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com