१ माघ २०७५, मंगलवार

एजेन्सी । बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले विवाह गरेको दुइ महिना वितिसकेको छ । उनीहरुको विवाह लामो समयको प्रेम सम्बन्धपछि भएको हो ।

यतिखेर दीपिकाले रणवीरमाथि तीन कुराहरुमा प्रतिबन्ध लगाएको खुलासा भएको कुरा निकै चर्चामा आएको छ । रणवीरले भारतीय मिडियासँगको कुराकानीको क्रममा विवाहपछि तीन आफूले तीन काम गर्न नपाइने बताएका छन् ।

रणवीरले गर्न नपाइने तीन कामहरु

  • घरभन्दा बाहिर अबेर रातिसम्म बस्न नपाइने
  • खाना नखाई बाहिर निस्कन नपाइने
  • दीपिकाले गरेको फोन कल मिस गर्न नपाइने

यी माथिका कुरा आफूले सधैं याद गर्नुपर्ने रणवीरले बताएका छन् । यी कुराहरुबाटा नै प्रस्ट हुन्छ की रणवीर दीपिकाबीचको अपार माय । रणवीर र दीपिका एक उत्कृष्ट श्रीमान श्रीमती बन्न प्रयास गरिरहेका छन् । यतिबेला सिंह फिल्म ‘गली ब्वाय’ को प्रमोशनमा व्यस्त छन् ।

 फिल्म ‘गली ब्वाय’ भन्दा पहिल अगाडि ‘सिम्बा’ को प्रमोसनमा व्यस्त थिए । फिल्म ‘सिम्बा’ रिलिज भइरहेको छ । फिल्म ‘सिम्बा’ सुपरहिट साबित भइसकेको भारतीय मिडियले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV