१ माघ २०७५, मंगलवार

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु शाहले कांग्रेस मुद्धा विहिन भएको कारण कमजोर भएको बताएका छन्। रौतहटको वृन्दावन नगरपालिकामा मंगलबार सडक उद्घाटन गदै अध्यक्ष साहले कांग्रेस मुद्दाविहीन भएको कारण पनि कमजोर बन्दै गएको बताएका हुन्। देशको विकास गर्न प्रतिपक्ष दल बलियो हुनु पर्ने जसको लागि गतिलो मुद्धा हुनु पर्ने बताउँदै अध्यक्ष साहले डा।गोविन्द केसी र निर्मला पन्तको मुद्दा बनाएर कांग्रेस झन कमजोर हुँदै गएको बताए।

पूर्वमन्त्री समेत रहेका साहले भने ‘ कांग्रेस झिना मसिना कुरामा अल्झेको र तिनै झिना मसिना मुद्धा अगाडी सार्न थालेको कारण नै अस्तित्व गुम्दै गएको बताएका छन् । ६र६ महिनामा सरकार बदलिने देशमा अहिले स्थायी सरकार बनेपछि कांग्रेसलाई पिडा भएको समेत अध्यक्ष साहले बताए। वर्तमान सरकारदेखि सिन्डिकेटवाला, भष्ट्राचारी तथा देशको हितविपरीत कार्य गर्नेहरू आतंकित रहेको समेत साहले बताएका छन् ।

वृन्दावन नगरपालिका ६ हर्साह—खतबैया—छेदीचोकदेखि कटहरिया नगरपालिकाको भसेडासम्मको बाटो उद्घाटन गर्दै अध्यक्ष साहले भने, ‘अब गाउँगाउँका सडकहरू राष्ट्रिय राजमार्गसँग जोडिनेछन् र यी सडकले गाउँलाई शहरसँग जोडन छिटो छरितो हुनेछ।’

LIVE TV