ग्यालेक्सी एसटेनको साथमा सामसुङले चाँडै फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै, जसको मूल्य १,७७० डलर हुनेछ !



प्रकाशित मिति : Jan 15, 2019

एजेन्सी । सामसुङले यो वर्ष बजारमा केही शान्दार स्मार्ट फोनहरु सार्वजनिक गर्न लागेको छ । यसै वर्ष सामसुङले ग्यालेक्सी एसटेन (Galaxy S10) सार्वजनिक गर्ने वालामा छन् । अर्कोतर्फ क्मपनीले मिड रेजमा ग्यालेक्सी एम सिरिज (Galaxy M-series) लाई पनि सार्वजनिक गर्ने सोच बनाइरहेको छ ।

यसका साथमा कम्पनीले पहिलो फोल्डेबल स्मार्ट फोन पनि २०१९ र्म सार्वजनिक गर्न सक्नेछ । २०१८ मा आयोजित एक कार्यक्रममा यस कम्पनीले उक्त फोल्डेबल स्मार्ट फोनलाई पेश गरेको थियो ।

यस फोल्डेबल स्मार्टफोनलाई एफ (F) सिरिजको नामबाट कम्पनीले सार्वजनिक गर्नेछ । तसर्थ अहिलेसम्ममा यस फोल्डेबल स्मार्ट फोनबारे धेरै जानकारी भने गराइएको छैन । तर यस स्मार्ट फोनबारे धेरै कुराहरु लिक भइरहेको छ ।

लिक भएको यस फोल्डेबल स्मार्ट फोनको ब्याट्रि ४४०० एमएएच (4400 mAh) दिइएको छ । जानकारी अनुसार यस स्मार्ट फोनमा २२०० एमएएच (2200 mAh) दुई ओटा ब्याट्रि लाग्नेछ ।

त्यस्तै यस स्मार्ट फोनमा दुई स्क्रीन आउनेछ । प्राइमरी डिस्प्ले ७.३ इन्च र सेकेण्डरी डिस्प्ले ४.५८ इन्चको दिइनेछ । पछिल्लो समय यस फोनको डेभेलोपर्सले कन्फेरेन्समा पेश गरेका थिए, कि सो समयमा प्राइमरी स्क्रीनमा युजर्सले तीन वटा एपहरु प्रयोग गर्न सक्ने कम्पनीले जनाएको थियो । यस फिचरलाई कम्पनीले मल्टी एक्टिभ विन्डो नाम दिएको थियो ।

जनकारीमा आए अनुसार फेब्रुअरीमा हुँदै गरेको र्माबाइल वल्र्ड कंग्रेस एमडब्लुसी (MWC) मा फोल्डेबल स्मार्टफोनको प्रदर्शन गर्नसक्नेछन् । त्यसपश्चात यस फोनलाई कम्पनीले आधिकारीक रुपमा सार्वजनिक गर्नेछ ।

सुत्रका अनुसार यो फोनको मूल्य २० लाख वान (१,७७०) कम्पनीले तोक्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com