१ माघ २०७५, मंगलवार
  • तारा आचार्य

विराटनगर । वराटनगर वडा नं. ११ पिचरामा उखु खेतमा आगो लाग्दा करिब ५ बिगहा क्षेत्रफलको उखु जलेको छ ।

मंगलबार दिउसो लागेको आगो एक घण्टामा नै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । विराटनगरका नागेश कोइरालाको ५२ बिगहाको प्लटमा करिब १० बिगहामा उखु लगाइएको छ ।




चिनी मिलहरुले उखु नकिनेको कारण उखु खेतमा नै सुकेको अवस्थामा रहेको र गाँजा खानेहरु खेतमा पसेर आगो लगाएको हुन सक्ने प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन उखु बालीको बिचबाट बाटो बनाएर उखु जोगाइएको थियो ।

LIVE TV