१ माघ २०७५, मंगलवार

रुकुम – नेपाली कांग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरिदमा दोषी जो कोहीलाई कार्बाही हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन रुकुम पश्चिमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी प्रकरणमा दोषी भएको जो कोहीलाई कार्बाही हुन्छ, दोषी भएको प्रमाणित भएमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत कानुनले कार्बाही हुनुपर्छ उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता महतले त्यो अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन् ।

सम्मेलनमा बोल्दै महतले कांग्रेस सभापतिमाथि आरोप लागेको र छानबिनपछि वास्तविकता बाहिर आउने बताएका छन् । सबै आरोपहरु सही हुन्छन् भन्ने छैन । यदि सभापति स्वयम पनि प्रकरणमा संलग्न हुनुहुदोरहेछ भने कार्बाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV