वाई वाई ग्लोकल टिन हिरो इंडियाः लन्च



प्रकाशित मिति : Jan 15, 2019

काठमाडौं । ग्लोकल प्रा.लि.द्वारा आज Soaltee Crowne मा ग्लोकल टिन हिरो इंडियाको शुभारंभ गरेको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम-‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा. लीको एक प्रारम्भिक कार्यक्रम हो ।

यस मन्च मार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर- किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

कार्यक्रमको शुरुवातमा काजल झा (PR Manager, Glocal Pvt. Ltd) ले ग्लोकल टिन हिरोको बारेमा आफ्नो मन्तव्यबाट प्रस्ट पर्नुभयो भने विश्वदीप गुप्ता -प्रबन्धक ट्रस्टि, के आर सी फाउनडेसन) ले ग्लोकल टिन हिरो इंडियाको सफलताको लागि चालिएको कामहरुको बारेमा भने ।

सो कार्यक्रममा भारतीय राजदूत मंजीव सिंह पुरी, सी जीका Vice President जी पी शाह, यो बाहेक पूर्व निर्णायक मण्डलका सदस्यहरु, के आर सी फाउनडेसन (ग्लोकल टिन हिरोको लागी स्थानीय आयोजक) को प्रतिनिधि, र भारतीय राजदुताबासको प्रतिनिधिहरुको उपस्तिथी थियो ।

एउटा छुट्टै प्रकारको कार्यक्रम “ग्लोकल टिन हिरो” एक शुरुवात हो जसको उदेश्य ति किशोर किशोरीको पहिचान र सम्मान गर्नु हो जसले कुनै शुरुवात गरेको छन् वा समाजमा सकारात्मक प्रभाव पर्ने किसिमको उपलब्धी प्राप्त गरेका छन् । ग्लोकल टिन हिरोले एउटा रास्ट्रियमंच प्रदान गरेर किशोर किशोरीहरुलाई प्रोत्साहन गर्नुको साथसाथै नविन सोच ल्याउन, रचनात्मक हुन र उद्धमशिल हुन् उत्प्रेरित गर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com