१ माघ २०७५, मंगलवार

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देशले आर्थिक समृद्धि हासिल गर्नका लागि पर्यटनको महत्वपुर्ण भुमिका रहने बताएका छन् । नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल (नाटा)को ५२ औं वार्षिक साधारण सभामा बोल्दै देशलाई आर्थिक रुपमा सबल बनाउन पर्यटनले सहयोग पुर्याएको बताएका छन् । उनले पर्यटन क्षेत्रको विकासको लागि पर्यटन मैत्री नितिको आवश्यक रहेको र आगामी दिनमा पर्यटन क्षेत्रको विकासका लागि कानुन बलियो बन्नु पर्ने भन्दै महराले कानुन सुधारका लागि सरकारलाई आग्रह गरेका हुन् । नेपालको अर्थतन्त्रको लागि सघाउ पुर्याउने र त्यसको लागि नितिगत कुरामा ध्यान दिनु पर्छ उनले भने । पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास हुने भन्दै सभामुख महराले व्यवसायीलाई उत्साहित बनाउने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले आर्थिक विकासका लागी सबैभन्दा महत्वको विषय पर्यटन क्षेत्रको सुधार रहेको भन्दै व्यवसायीलाई आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV