१ माघ २०७५, मंगलवार

काठमाडौँ – हायात होटलको कारोबार रोकिएको छ । तारा गाउँ रिजेन्सी होटेल (हायात)ले लाभांशको सूचना ढिला दिएपछि लाभांस रोकिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुचना ढिला गरेको भन्दै कारोबार रोकिदिएको र २४ घण्टा भित्र स्पष्टिकरण दिन पत्र समेत पठाएको छ । पुस २४ गते १२.६३१ प्रतिशत नगद लाभांश दिने निर्णय मंगलबार मात्रै दिएपछि नेप्सेले कारोबार रोकेको हो।

नेपाल स्टक एक्सचेन्ज नेप्सेको नियम अनुसार बजारमा प्रभाव पार्ने सूचना तत्काल दिनुपर्ने प्रावधान रहेको भए छ । तर हायतले सोही नियम अनुसार सुचना नदिएको कारण होटेलको कारोबारलाई दोस्रो बजारमा रोक्का गरिदिएको हो। २४ घण्टाभित्र ढिलो सूचना दिनुको कारण सहित स्पष्टीकरण पेस गर्न नेप्सेले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV