मकवानपुरगढी दरबार क्षेत्रमा विजयोत्सव मनाइने



प्रकाशित मिति : Jan 15, 2019

हेटौँडा । मकवानपुरगढी दरबार क्षेत्रमा युरोपेली हतियारसहित नेपाल आक्रमण गर्न आएका बङ्गाली सेनालाई गोर्खाली सेनाले पराजित गरेको स्मरण गर्दै विजयोत्सव मनाइने भएको छ । बङ्गाली सेनालाई जित्दै हातहतियार हात पारेको २५६ वर्ष पुगेको उपलक्ष्यमा यही माघ १० गते विजयोत्सव आयोजना गरिने भएको छहो ।विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षेत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथा पुनःनिर्माण एवं सरसफाइ भइरहेको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विजयोत्सवको तयारीबारे अवलोकन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । माघ १० गते विजयोत्सवको कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी विद्यादेवी मकवानपुरगढी आउने कार्यक्रम रहेको छ ।

विसं १८१९ माघ १० गते गोरखाली सेनासँग युद्ध गर्न बङ्गालबाट आएका नबाव कसिमअलि खानको फौजलाई पृथ्वीनाराण शाहको फौजले हराएकोे दिनलाई विजयोत्सवका रूपमा मनाउन थालिएको होे । विजयोत्सव तयारीका लागि काम तीव्ररुपमा भइरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए।

हाल नेपाली सेनाको पुरानो गोरखगणका गणपति अनिल बुढाथोकीको टोलीसहित उक्त गाउँपालिकाले विजयोत्सवका लागि तयारी गरिरहेको हो । गढीमा अहिले सरसफाइ तथा मर्मतको काम भइरहेको अध्यक्ष हुमागाईंले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com