१ माघ २०७५, मंगलवार

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयर पावेल अडमोविजकाे सोमबार विभत्सरुपले हत्या भएको छ । 

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला उनकाे हत्या भएकाे हाे । उनकाे हजारौँ मानिसकै अगाडि धारिलो हतियार प्रहार गरी हत्या गरिएकाे जनाइएकाे छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार, अाक्रमणपछि मेयरलाई बचाउने अनेक प्रयासहरु असफल भएका छन् । गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भनेका छन्- ‘उनलाई बचाउने हाम्र सबै प्रयास असफल भए ।’

मेयर पावेल अडमोविजको हत्यापछि देशैभरि हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्
LIVE TV