चीनले पहाडभित्र बनायो स्टिलको ‘ग्रेट वाल’, हाइपरसोनिक मिसाइल आक्रमणबाट चीनलाई बचाउने



प्रकाशित मिति : Jan 15, 2019

ऐजेन्सी । विभिन्न नयाँ-नयाँ आविष्कारका लागि अगाडि रहेको चीनले कृत्रिम सूर्य बनाउन लागेको खबर केही अगाडि सार्वजनिक भएको थियो । चीनले फेरि अर्काे आश्चर्यजनक कुरा सार्वजनिक गरेको छ । उसले ‘अण्डरग्राउन्ड स्टील ग्रेट वाल’ नाम दिएर पहाडभित्र एउटा स्टिलको विशाल पर्खाल बनाएको खबर सार्वजनिक गरेको हो ।

Qian Qihu

चीनका ८२ वर्षीय एक वैज्ञानिक किआन किहुका अनुसार यो पर्खाल चीनको उच्च सुरक्षाका लागि निमार्ण गरिएको हो । उनले चीनमा रहेको पुरानो ग्रेट वालले बाह्य सुरक्षा दिने र नयाँ वालले यस्ले हाइपरसोनिक मिसाइल एवं हतिरयारहरुकाे हमला एवं परमाणु हमलाबाट समेत जाेगाउने दाबी गरेका छन् । किआन किहुलाई मंगलबार चीनको सबैभन्दा ठूलो विज्ञान एवं प्रविधि अर्वाड र ८० लाख युआन रकमसमेत मिलेको छ ।

किआन किहूले चीनको एन्टी मिसाइल अथवा एयर सिस्टम फेल भए पनि यो स्टिलकाे पर्खालले हाईपरसोनिक मिसाइललाई निस्तेज गर्न सक्ने बताएका छन् । हाइपरसोनिक हतियारको गति आवाजको गति भन्दा १० गुणा बढी हुन्छ अर्थात सो स्टिलको पर्खालले हावाको गति भन्दा १० गुणको वेगमा आउने शक्तिलाईसमेत निस्तेज गर्नेछ । स्मरण रहोस्, एप्रोक्समेटेली हावाको गती २४३ मिटर प्रतिसेकेण्ड हुन्छ ।

मार्च २०१८ मा रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना हाइपरसोनिक हतियारको बारेमा बताएपछि अमेरिकाले यस्ता कयौँ हतियारको विकास गरिरहेको खबरले समेत चर्चा पाउने गरेको छ ।

चीनको ग्लोबल टाइ्रम्सका अनुसार उच्च गतिका कारण हाइपरसोनिक हतियारले हावामा आफ्नो बाटो फेरेर एन्टी-मिसाइललाई बेकार बनाउन सक्छ । जसका कारण चीनले आफ्नो सुरक्षा मजबुत पार्न यस्तो किसिमको पर्खालको निमार्ण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com