३० पुष २०७५, सोमबार

चितवन । भरतपुरका सडकपेटीबाट २७ जनालाई मानवसेवा आश्रमले उदार गरेको छ । जाडोमा कठग्रिएका उनीहरुलाई मानवसेवा आश्रम चितवन शाखाले उदार गरी आफ्नो आश्रममा लगिएको हो । आश्रमले चितवनको नारायणगढ बजार खण्डबाट सडकजीवन विताउने २७ जना सहयोगापेक्षी मानवहरुलाई संरक्षण दिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख मेयर रेणु दहाल, मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी,प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, महानगरका प्रशासकीय प्रमुख नेत्र सुवेदी र नेपाल प्रहरी लगाएतका अभियान्ता टोलीले भरतपुरको नारायणगढ बजारक्षेत्रमा पुगेर खुला आकाशमुनी रात वितानेहरुको उद्धार गरेको चितवन आश्रमले जनाए । सडकबाट उदार गर्नेहरु सडकमा रमाउने , फिरन्ते जीवनयापन गर्ने, , विभिन्न अपराधिक गतिविधिहरुमा , परिवारबाट पिडा पाएका , मदीरा सेवन गर्ने जस्ता रहेको
उदार टोलीले बताए ।

टोलीका अनुसार सडकमै जन्मीएकी अन्दाजी १८ वर्षीय संझना क्षेत्रीको बुबाआमा दुवैको मायाबाट वञ्चितभएपछि १६ वर्षको उमेरमै रोशनसँग विवाह भयो । तर रोशनको घर परिवार भने केही थहा नभएको यति सम्मकी उनलाई रोशन थर समेत थाहा थिएन । केही समयपछि रोशन र संझनाको मन मिलेन, त्यसपछि रोशन र संझना दुवैले फेरी अर्को विवाह गरेकी संझनाले बताइन् । संझनाले भनिन् , “दोस्रो विवाहपनि बच्चादेखी नै सडकमा सँगै बस्दै आएका सुनिल थापा मगरसँग भयो सुनिलले हामी विवाह गरौं भन्ने प्रस्ताव राखे, मैले पाल्न सक्छस् ? भनेर सोधे उसले सक्छु भनेपनि उसले मलाई आफ्नो श्रीमती भन्न थाले र मैले श्रीमान् भने ।”

एकबर्ष सम्म सुनिदसँग बसेकी संझनालाई अहिले सुनिलले पनि छोडीदिए । उनको पेटमा दुई महिनाको बच्चा छ । पहिले रोशनको बच्चा खेर गएको सम्झनालाई पेटमा भएको बच्चा दोस्रो श्रीमान् सुनिलकै हो वा अरु नै कसको भन्ने समेत थहाँ छैन । संझना बच्चैदेखी चुरोट, भोला, डेन्ड्राइट, रक्सी, गाँजा, सुर्ति सबैको नशामा रमाउदै आइरहेकी छन् । उनी सडकमै कार्टुन टिपेर दिनको ५०० देखी १००० कमाउछिन् । एकदिनभरी आफुले चाहेजस्तो जीवन जिउने उनी बताउँछिन्। उनकै ग्रुपमा बस्दै आएका मनमाया गुरुङ भरखरकी सुत्केरी हुन । बच्चा कहाँ छ उनलाई नै थहाँ छैन । एक महिना अघिसम्म लक्ष्मण तामाङसँग सडकमा भेटीने सीता नेपाली अहिले राम सिंह चौधरीसँग बस्दै आएका छन् । सीताकी पहिलो श्रीमान लक्ष्मण तामाङ सीता नेपाली सहित आफ्नो अरु चार जना श्रीमती भएको बताउछन् ।

उनको हालकी श्रीमती सिता तामाङ हिजो सडकबाट संँगै उठाईएको छ । चोरी गर्ने, भैझगडा गर्ने, मान्छे पिट्ने, विभिन्न अपराधिक गतिविधिहरुमा समेत यसरी रातमा सडकजीवन विताउनेहरुको संलग्नता उतिकै हुने गरेको प्रहरीहरुनै बताउछन् । यसको सिकार कहिलेकाही बाटो हिड्ने बटुवा र पर्यटक समेत हुनुपर्छ ।संझना सँगै सडकमा बस्दै आएका पाल्पाका स्वागत थापा नाम बताउने ३४ बर्षीय युवक र लंकु पुल घर बताउने राजकुमार मगरलाई भने सरुवा टि.भी रहेको खुलेको छ । उनीहरुलाई टिभी भएको त थाहा छ तर औषधी खादैनन्, खाएपनि एक दुई दिन खान्छन् फेरी छोड्छन् ।

मेयर रेणु दहालले सडकको यस्तो समस्या समाधानको लागि सबै सरकारी संयन्त्र लाग्नुपर्ने बताउँदै महानगरपालिकाको सहयोग रहने बताइन् भने प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सडकमानवमुक्त चितवन जिल्ला निर्माणको लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV