३० पुष २०७५, सोमबार

इलाम । इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकले बताएका छन् ।

आज विहान जिल्ला अस्पताल इलाम लगिएका केसीको स्वास्थ्य स्थिति जानकारी गराउँदै मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्रकृष्ण शाहले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था रहेको औंल्याउनु भएको हो । केसीलाई आइसीयूमा राख्नुपर्ने अवस्था भइसकेकाले सो सुविधा भएको अस्पतालमा सार्नुपर्ने चिकित्सकले बताएका हुन् ।

डा. केसीले भने स्वास्थ्य स्थिति जे भए पनि आफू इलाममा नै बस्ने अडान लिनुभएको छ । उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट शाहका अनुसार केसीको घाँटीमा समस्या छ भने फोक्सोमा इन्फेक्सन र रोग प्रतिरोधात्मक शक्ति कम भएको छ ।

अस्वभाविकरुपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि केसीलाई आज विहान अनसनस्थलबाट इलाम अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV