३० पुष २०७५, सोमबार

सुरेश श्रेष्ठ

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को सहयोगमा तुलसीपुर ५ सुन्दरनगर स्थीत श्री ज्ञानज्याती अधारभूत विद्यालयका २ सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ परिवारले गरिब तथा विपन्न आयस्रोत भएका बालबालिकालाई विद्यालयमै न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाँच नम्बर प्रदेशका प्रदेशसभा तथा सार्वजनिक लेखा समितीका सभापति डिल्लीबहादुर चौधरीले जबसम्म बालबालिकालाई शिक्षा दिइदैन तबसम्म हिसां र गरिबी नरोकिने बताए । उनले भने ‘तपाईहरू बालबालिकालाई पढ्ने वातावरण मिलाइदिनुस् त्यसमा के कति सहयोग चाहिन्छ म सहयोग गर्छु ।’

This image has an empty alt attribute; its file name is ddd-768x576.jpg

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले जाडोयाममा आधारभुत तहका विद्यार्थी न्यानो कपडा नहुदाँ विद्यालयको पढाईबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले वडाले न्यायो कपडा बितरण गरेको जानकारी दिए ।

गरिब तथा विपन्न वर्गका छोरा छोरी पनि यो देशका साझेदार भएको बताउनुहुदै उहाँले उनीहरलाई पढाईमा सहयोग गर्न आफु जुन सुकै बेला पनि तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV