३० पुष २०७५, सोमबार

काठमाडौँ । सोमबार धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ । यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV