३० पुष २०७५, सोमबार

काठमाडौं ।आफ्नै कार्यकक्षमा कुटाई खाएका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

सचिव झालाई आइतबार दिउँसो प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटपीट गरेका थिए । मन्त्री यादवको कुटपिटबाट सचिव झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।

सचिव झालाई आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV