३० पुष २०७५, सोमबार

सुरेश श्रेष्ठ,

दाङ । महतेनी खोलाबासी भारतीय सीमावर्ती दाङको राजपूर गाँउपालिकाका बासिन्दाहरुले सिंहदरबार गाँउसम्म भन्ने थेगो सुनेको बताउँछन् । तर सिंहदरबार गाँउसम्म कहिले आउला भनेरे डाँडापारी तर्फ हेर्ने दैनिकी भइरहेको बताएका छन् ।

सिंहदरबार गाँउसम्म भन्ने बित्तिकै राज्यबाट पाँउने सुबिधा भन्ने बुझिन्छ । महिला स्वयमसेवीका समेत नभएको राजपुर गाँउपालिका वडा नम्बर ५ का जंङग्रवा, हतेवा, सिम्लखुट्टी, सोमैथान, माजगाँउ, कुुशुवा, पण्डीतबासे, धारपोखरी, भण्डारी खोला लगायतका १२ बढी टोलमा स्वास्थ्य, राम्रो विद्यालय, सञ्चार र सडकको पहुँच नै नभएको जनज्योति प्राथमिक बिद्यालय महतेनी खोलाकी शिक्षिका कौशिला वली भण्डारीले भनिन् ।

बिद्युत सेवा नभएकै कारण तेलहन, खाद्यन्न र दलहनको कुटानी, पेलानी र पिसानीका लागि समेत झण्डै ३ घण्टा हिडेर राजपुरको सुगम क्षेत्रमा आउनुपर्ने बाध्य छन् । बिरामी परे यहाका स्थानीयका लागि डोको र खटियालाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने चलनै भइसकेको सुशिला पुनले बताइन् ।

स्वास्थ्यकर्मी भन्ने सुनेका हौ, महिला स्वयमसेवीकाले जुकाको औषधि लिएर आएकी छु, भनेकी थिइन् । उतैपारिबाट एक दुई पटक आए जस्तो लाग्छ, उनलाई नदेखेको पनि बर्षौ भयो । स्थानीय मनसर घर्तीसँग मोबाईल नम्बर दिन मिल्छ, भन्दा यो देखाउनसम्म मिल्छ । मोबाइल नम्बर दिएर के गर्नुहुन्छ भन्ने प्रतिक्रिया थियो ।

तपाइहरुले चाहेर फोन गर्न मिल्ने भए त किन यो अवस्था हुन्थ्यो । ८२ घरधुरीको ती बस्तीका लागि बिद्युत पोल पनि गाडी सकिएको छ । तर बिद्युत तार जडान गर्न भने बाँकी नै छ ।

सडकको ट्र्याक खोलिएका छ, तर अझकल्टो छ । चुरे पहाडको काखमा बस्ती बसेका यी टोलमा सडक बिस्तारमा कानुनी प्रक्रियाले अबरोध हुन गएको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV