३० पुष २०७५, सोमबार

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माणको शिलान्यास गरेका छन् । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको हो ।

सोमबार आवास गृह तथा विहार पुनःनिर्माणको शिलान्यास गर्दै गृहमन्त्री थापाले पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताए। रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिए।

त्यसका साथै बुद्धाचार्यले पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने बताउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गरेका छने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV