३० पुष २०७५, सोमबार

सिन्धुपाल्चोक । भोटेकोशी गाँउपालिकास्थित जैमन थपी नारायण मन्दिर परिसरमा आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

विश्व शान्तिको कामनासहित मन्दिर परिसरका विभिन्न एेतिहासिक संरचनाहरुको जिर्णाेद्धार तथा निर्माण गर्ने उद्देश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको आयोजक समितिले जनाएको छ ।

जैमन थैपी नारायण गुठी समिति र जैमन थैपी परोपकार केन्द्रको आयोजनामा मन्दिर परिसरमा सप्ताह ज्ञान महायज्ञको अयोजना गरेको हो ।

महायज्ञ अवधिभर धर्म दर्शन मिमासंचार्य उपप्राध्यापक पं नरायण प्रसाद नेपाल श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञको प्रवचन हुने आयोजकले जानकारी दिएको छ । महायज्ञबाट संकलित रकमले धर्मशाला निर्माण, ऐतिहासिक धारा, पोखरी जिर्णाेद्धार, मन्दिर परिसरमा तारबारको घेरा लगायतका काम गर्ने आयोजकले जनाएको हाे ।

महाज्ञयबाट विश्व शान्तिको कामना गर्दै २०७२ सालको भूकम्पमा परी मृत्यु हुनेहरुको आत्माको चिर शान्तिको कामनासमेत गरिने आयोजकको भनाइ छ ।

त्यस्तै महायज्ञमा उठेको रकमले सिन्धुकाली माता मन्दिर समेत पुनर्निर्माण गरिने आयोजक कमितिले जानकारी दिएको छ । सप्ताह ज्ञान महायज्ञ माघ ६ गते समापन हुनेछ । महायज्ञ सुरु हुनुभन्दा एक दिनअगाडि आइतबार सहभागीहरुले कलश यात्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV