२९ पुष २०७५, आईतवार

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले आईतबार शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

प्राज्ञसभा सदस्य प्रा केशव सुवेदी, रमा शर्मा, राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला बन्धु, प्राडा कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमल्सिना, शशि लुमुम्बु, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी र डा विजयकुमार दत्तले सपथ ग्रहण गर्नुभएको हो ।

यस्तै डा रजनी ढकाल, डा गीता त्रिपाठी, हरिदत्त पाण्डे, लक्ष्मी उप्रेती, डा गोविन्द आचार्य, नन्दुप्रसाद उप्रेती, महेश्वर थापा, हरिश्चन्द्र लावती (लिम्बू), सुभद्रा सिन्हा र सूर्य खड्काले प्राज्ञसभा सदस्यका रुपमा सपथ ग्रहण गर्नुभएको छ ।

प्रज्ञा परिषद् सदस्य यसअघि नै प्रा दिनेशराज पन्त, प्राडा योगेन्द्रप्रसाद यादव, डा हेमनाथ पौडेल, प्राडा उषा ठाकुर, माया ठकुरी, प्राडा गोपिन्द्र पौडेल, लक्ष्मी माली र देवी नेपाल नियुक्त भइसक्नुभएको छ ।

कुलपति उप्रेतीले सवै प्राज्ञ परिषद् सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर लाग्दा मात्रै प्रतिष्ठानको उद्देश्य पूरा हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV