२९ पुष २०७५, आईतवार

काठमाडौं,२९ पुष । नेपाल रेडियोलोजिकल सोसाइटीले बिभिन्न १९ बुँदे माग राख्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएको छ ।

रेडियोलोजी / रेडियोग्राफी जस्तो अत्यन्त निदानात्मक सेवा एवं विकिरण जोखिमयुक्त क्षेत्रमा पनि व्यवसायिक योग्यता र दक्षता नभएको व्यक्तिहरुले काम गरिरहेको भन्दै सोसाइटीले स्वास्थ्य मन्त्रालयले आफ्नो मागलाई बारम्बार अवमूल्यन गरेको गुनासो समेत गरेको छ । सोसाइटीको तर्फबाट अध्यक्ष मुकेश झाले ज्ञापनपत्र बुझाउनु हुँदै स्वास्थ्य मन्त्रालयको संरचनामा रेडियोग्राफी क्षेत्र हेर्ने गरी रेडियोग्राफी स्वास्थ्यकर्मीको दरबन्दी कायम गर्नु माग गरिएको छ ।

त्यसैगरी नेपाल सरकार मातहतका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, निजी अस्पताल एवं प्रतिष्ठानहरुमा स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन नियमावली तथा रेडियोग्राफी सम्बन्धी मापदण्ड एवं आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरी रेडियोग्राफी अधिकृत सातौ, वरिष्ठ रेडियोग्राफी अधिकृत नवौं तथा रेडियोग्राफरको पद तथा दरबन्दी यथाशिघ्र कायम गरि पदपूर्ति गरिनु पर्नेलगायतका १९ वटा मागहरु ज्ञापनपत्रमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV