२९ पुष २०७५, आईतवार

धनगढी । मनाङ मस्र्याङदीलाई पराजित गर्दै पुलिस खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ए डिभिजन लिग विजेता मनाङलाई १\० ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । धनगढी रैगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन खेलको एक मात्र गोल ७०औँ मिनेटमा निर कुमार राईले गरे ।

तेज तामाङले प्रहार गरेको कर्नर बल मान बहादुर परियारले फ्लिक गरेपछि अनमार्क रहेका निर ककुमारले गोल गरेका हुन् । पुलिसले अब सेमिफाइनलमा लिगको उपविजेता बनेको संकटा र क्यामरुनी क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV