साझाबाट अलगिएर विवेकशीलले किन कठोर बाटो रोज्यो ? (भिडियाे)



प्रकाशित मिति : Jan 13, 2019

काठमाडौँ । बैकल्पिक शक्तिको रुपमा उभिएको घोषणा गरेको विवेकशील साझा दल १६ महिना अघि मात्र एक भएर राष्ट्रिय राजनीतिको चर्चामा आएको थियो । साझा पार्टीमा जोडिएको विवेकशीलका संयोजक उज्ज्वल थापाको समूह अलग भएको छ ।

विबेकशीलले साझाबाट अलग भए पछि पार्टी नेतृत्व एकलौटी र अपारदर्शी भएको आरोप समेत थापा पक्षले लगाएको छ । भर्खरै खुलेका साझा र विवेकशील पार्टीले निर्वाचनमा गरेको प्रतिबद्धता जनता सामु पूरा नगरेको र पार्टी नेतृत्व आफ्नै गुटगत स्वार्थमा लागेको समेत थापा पक्षको आरोप छ ।

मुलुकमा बढेको संस्थागत भष्टाचार, बलत्कार, डा गोविन्द केसीको मुद्धा, धर्म तथा आर्थिक अनुशासन जस्ता मुद्धामा जनताको सामु पार्टी कमजोर देखिएको विवेकशीलको संयोजक थापाको आरोप छ ।

वैकल्पिक शक्तिका रुपमा देखा परेका यी दुई दलको समर्थक यति वेला पार्टी नेतृत्व प्रति थप अन्र्यौलमा देखिएका छन । 


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com