२९ पुष २०७५, आईतवार

मनोज श्रीवास्तव कपिलवस्तु २९ पुस गरिबी निवारण कोषको रकम अन्य जिल्लामा हिनामिना भएको, कागजमा मात्र सीमित भएको, गरीबको लागि आएको रकम दुरुपयोग भएको समाचार बिभिन्न सञ्चार माध्यममा आएपछि कपिलबस्तुको यशोधरा गाँउपालिकाले त्यस्तो अनियमितता हुन नदिनका लागि सचेत बनेको छ ।

कपिलबस्तु जिल्लाको दक्षिणी भेगको यशोधरा गाँउपालिकाले गरिबी निवारण कोषको रकम परिचालन गर्नका लागि “गरिबी निवारण कोष कार्यक्रम अन्र्तगत सामुदायिक संस्था परिचालन सम्बन्धि कार्यबिधि २०७५” बनाई कार्यपालिकाकाट स्वीकृत गरि सबै रकमको रेखदेख गर्न थालेको छ ।

नेपाल सरकारले गरिबी निवारण कोष विघटन गर्न लागे पछि जिल्लामा कोषको रकम सुरक्षित र व्यवस्थितरुपमा परिचालन गरेको छ । बिश्व बैंकको अनुदानमा गरिबी निवारण कोषले यशोधरा गाँउपालिका अन्तर्गत आय आर्जनको लागि दिईएको १८ करोड बढीको अनुदान रकम हिनामिना हुने खतरा बढेकोले कार्यबिधि लागू गरि सकेको छ ।

गरिबी निबारण कोषको बिश्व बैंकको सम्झौता अनुसार पहिलो र दोश्रो चरण सकिएकोले तेश्रो चरण नयाँ तरिकाबाट लैजाने उद्देश्यले सरकारले कोषलाई विधिवतरुपमा बिघटन गर्न लागेको हो ।

जस्ले गर्दा जिल्लामा घुम्ती कोषका लागि सामुदायिक संसथालाई कोषको डाटा अनुसार दिईएको १८ करोड ४ लाख ८६ हजार रकम हिनामिना हुन नदिनका लागि गाँउपालिका अध्यक्षको अध्यक्षयतामा ५ सदसीय परिचालन समिति गठन भएको छ ।

जस मध्ये यशोधरा गाँउपालिकाको कार्यकारी अधिकृत सदस्य, सामाजिक बिकास सदस्य, गरिबी निवारण कोषको कार्यक्रम अन्र्तगत दर्ता भएको सहकारी मध्ये एउटा सहकारी सदस्य र कार्यक्रममा आबद्ध भएका कार्यक्रम संयोजक सदस्य सचिव रहने ब्यवस्था गरेको छ ।

जिल्लाका १५ वटा र पछि ५ वटा सोझेदारी संस्थाहरु छनौट गरी १ हजार २ सय १७ सामुदाियक संस्थासंग गरिबी निबारण कोषले समझौता गरेको छ । दिईएको अनुदानमा समुदायिक संस्थाका सदस्यहरुले मासिकरुपमा बचत गर्ने,आयआर्जनका लागि सहुलियत दरमा ऋण लिने गरेका छन ।

कोषले यशोधरा गाँउपालिकामा भौतिक पुर्वाधार कार्यक्रममा ६ करोड ५८ लाख लगानी गरेको छ । विपन्न, पछाडि परेका, अल्पसंख्यक, दलित तथा जनजातिहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सरकारद्धारा शुरु गरिएको यो कार्यक्रमले समूदायमा ठूलो सहयोग पुर्याउदै आएको छ ।

कार्यक्रमको सहयोगबाट गाउं वस्तीका दलित तथा गरीब समुदायहरु आयआर्जनका लागि गरेको योजनाको उक्त समितिले स्थलगत अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV