२९ पुष २०७५, आईतवार

एजेन्सी । जाडो मौसम छालाको लागि अनुकुल मानिदैन । यसबेला वाहिरी वातारण सुख्खा हुन्छ । यसले छालामा सोझो असर गर्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो धूँवाले छालालाई थप नोक्सान पुर्याउँछ ।

बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । छालालाई कसरी मुलायम, चम्किलो, रसिलो, स्वस्थ्य राख्ने भन्ने कुरा जान्नुपर्छ ।

के हुन्छ जाडोमा ?

जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया९पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ ।

विशेषगरी जाडोमा बढी देखिने रोगहरुमा एक्जिमा र डर्माडाइटिस, पोलीमफिर्क लाईट इरप्सन, पोरोसिस, पर्नासिस ९हात खुट्टाका औला सुन्निएर निलो हुने० आदी पर्दछन् ।

जाडोमा छाला सुख्खा किन हुन्छ ?

जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ । जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।

अब कसरी छालाको चमक जोगाउने त ?

हामीले भनिहाल्यौ, जाडोमा वायुको आद्रता कम हुन्छ । यसले छालामा आवश्यक पानीको मात्रा पुग्दैन । त्यसले गर्दा छाला रुखो, सुख्खा देखिन्छ । यसबाहेक छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्या हुन्छ । यसबाट बच्नका लागि केहि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

१।पर्याप्त मात्रामा पानी सेवन गरौं । वा झोलयुक्त पदार्थ सेवन गरौं, जसले छालामा पानीको अभाव पुरा गर्छ ।

२।अनुहारमा तातो पानीको बाफ लिने गरौं । यसले बन्द भएको रोमछिद्र खुल्छ ।

३।हातले हल्का मसाज गरौं । यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

४। साबुनले अनुहार धुने नगरौं । संभव भएसम्म नन ड्राई क्लिन्जर फेसवास प्रयोग गरौं ।

५। मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । यद्यपी आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनौट गरौं ।

६।बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गरौं ।

७। छालालाई स्वस्थ्य राख्ने भन्दा हामी छालाको वाहिरी स्याहारमा मात्र ध्यान दिन्छौ । यद्यपी यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

८ं। मौसमी फलफूल सेवन गरौं, जसले जाडोमा छालाको सौन्दर्य कायम राख्छ ।

९। प्राणायाम जस्ता विधीले पनि शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यसले छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV