२९ पुष २०७५, आईतवार

काठमाडौँ । साझा प्रकाशनको धर्ना स्थगित भएको छ । अवकाश प्राप्त कर्मचारीले गत साउनदेखि धर्ना गदैै आएको आन्दोलन स्थगित गरेको हो।

आइतबार प्रकाशनको व्यवस्थापक र आन्दोलनरत पक्षबीच भएको वार्तामा सो सहमति भए । उत्पादनविहीन र रुग्ण बनेको सो संस्थाका अवकाशप्राप्त कर्मचारीको पाउनुपर्नेमध्ये ५० प्रतिशत रकम समानुपातिक रुपमा वितरणका लागि हालै अर्थ मन्त्रालयबाट रु आठ करोड ६४ लाख २४ हजार निकासा भएको थियो ।

प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माका अनुसार मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा भएको वार्तामा बाँकी रकमका लागि मन्त्रालय, साझाको व्यवस्थापन र अवकाशप्राप्त कर्मचारीले सामूहिक रुपमा पहल गर्ने सहमति भएको प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

बैठकमा सचिव मैनालीले संस्थाका व्यवस्थापक र कर्मचारीलाई उत्पादन र काममा लाग्न निर्देशनसमेत दिएका छन् । सो प्रकाशनमा विगतमा उमेरहद, स्वेच्छिक अवकाश र राजनीनामा गरी कूल १२८ पूर्वकर्मचारीले अवकाश हुँदा बढी पाउनुपर्ने रकमको करीब ३० प्रतिशत मात्र यसअघि भुक्तानी पाएका थिए ।

सहमतिबमोजिम आफूहरुले बाँकी रहेको रकम यथाशीघ्र पाउने अपेक्षाका साथ धर्नाको कार्यक्रम स्थगन गरेको वार्तामा सहभागी आन्दोलनरत अवकाशप्राप्त कर्मचारीका प्रतिनिधि दीपक अधिकारीले बताए । 

LIVE TV