२९ पुष २०७५, आईतवार

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको प्राथमिक शेयर अाजदेखि दाेस्राे बजारमा खरिदबिक्री काराेबार सुरु भएकाे छ । कम्पनीकाे शेयरले सुरु काराेबारका लागि ७४ रुपैयाँदेखि २२४ रुपैयाँसम्मकाे ‘अाेपन रेन्ज’ ।

बिहीबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नप्से) मा तामाकोशीको शेयर सूचिकृत भएकाे थियाे ।तामाकोशीकाे शेयर काराेबारका लागि नेप्सेले ‘युपीपीइआर’ (upper) स‌ंकेत दिएकाे छ ।

कम्पनीले १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको हाे । अाजबाटै सर्वसाधारण लगानीकर्ता तथा सञ्चयकर्ताहरुले नेप्सेमार्फत यो सेयर बिक्री सुरु गर्न सक्ने भए पनि तर स्थानीय बासिन्दा भने ३ वर्षसम्म दाेस्राे बजारमा शेयर कारोबार गर्न पाउने छैनन् । स्थानीयकाे हिस्सामा कुल शेयरकाे १० प्रतिशत शेयर रहेकाे छ। कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो ।

दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी बनेकाे छ । यसका हाल ८ लाखभन्दा बढी शेयर धनी रहेका छन् ।

यस कम्पनीकाे शेयरमा किन्नेहरुकाे लाम लागे पनि बेच्नेमा काेही देखा परेकाे छैन । याे समाचार तयार पार्दासम्म झण्डै पाैने चार लाख कित्ता शेयर माग भए पनि बिक्री लिस्टमा कत्ति पनि शेयर छैन । मार्केट डेब्थमा किन्नेकाे अाकर्षण देखिएसँगै कम्पनीकाे शेयर मूल्य बढ्न सक्ने स‌ंकेत देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV