काठमाडाैं-केरूङ रेलमार्गमा कस्को लगानी उचित ?



प्रकाशित मिति : Jan 13, 2019

काठमाडौँ । निकै फाइदामुलक रुपले हेरिएको काठमाडाैं-केरूङ रेलमार्गको प्रारम्भिक अध्ययन सकिएपछि हाल विस्तृत परियोजना रिपोर्ट बनाउने तयारी भइरहेको छ । तर यतिबेला सो परियोजनाको लगानीमा कुरा उठ्न जरुरी ठानिएको देखिन्छ । करिब २५७ अर्ब रुपैयाँ अनुमानित लागत रहेको सो परियोजनाको लगानी कसरी गर्दा उचित होला भन्ने कुरालाई लिएर विभिन्न टिप्पणीसमेत गरिएका छन् ।

गत महिना चाइना रेलवे अथरिटि (प्राधिकरण) र नेपालका सरकारी अधिकारीबीच सम्पन्न भएको बैठकमा अबको चरणमा हुनुपर्ने विस्तृत अध्ययन र आर्थिक सम्भाव्यता बारे प्रारम्भिक छलफल भएता पनि कुनै निर्णय हुन सकेन।

सो परियोजनाको आर्थिक संलग्नतामा नेपाल पनि रहोस भन्ने चिनियाँहरूको मनसाय रहेको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मध्येको चीनका लागि नेपालसँग रेलमार्ग द्वारा जोडिनु सामरिक रूपमा मात्र नभएर आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्समा प्रकाशित एक समाचारका अनुसार सन् २०१९ मा सुरु हुने सिचुवान(तिब्बत रेलमार्ग चीनलाई नेपाल र भारत लगायत अन्य दक्षिण एशियाली मुलुकहरूसँग जोड्ने कडीको रूपमा प्रस्तुत गरिएको छ।

त्यसकारण नेपाल मात्र नभएर चीनलाई समेत महत्त्वपूर्ण रहेको उक्त परियोजनामा लगानीबारे अन्योल र नेपालको लगानीबारे विभिन्न उठाइएको छ ।

तर चिनियाँहरूले विगतका दिनमा चीन र रुस जस्ता मुलुकले बनाइदिएका परियोजना नेपालमा मात्र नभएर अन्य थुप्रै स्थानमा बन्द भएको कुरालाई मध्यनजर गर्दै नेपालको अपनत्व पनि रहनु आवश्यक रहेको कुरा संकेत गरेको बताइन्छ । देशकै गौरवमय परियोजनाको लगानी चीनले मात्रै गर्ने हो भने भोलिका दिनमा नेपालको अपनत्व नहुँदा समस्या देखिन सक्ने कूरामा चिनियाँहरूले ध्यानाकर्षण गराएको हुन सक्ने बताइएको छ ।

तर रेल विभातगका महानिर्देशक मिश्रले भने लगानी के कसरी हुने भन्ने बारे छलफल हुन बाँकी रहेको बताएका छन् ।

नेपालमा बन्ने महत्त्वपूर्ण परियोजनामा चीनले तीन वैकल्पिक बाटो बाट सहयोग गर्न सक्ने र नेपालले त्यसका लागि पहल गर्नु पर्ने जनाइएको छ ।
जसको पहिलो विकल्पमा:नेपालले चिनियाँ कम्पनीबाट वैदेशिक लगानी भित्र्याउन सक्छ। नेपालले चाहेमा चिनियाँ कम्पनीले नै कुनै भारतीय वा जापानी कम्पनी लगायतसँग सहकार्य गरेर लगानी जुटाइदिन सक्नेछन्।

दोस्रो:नेपालले चिनियाँ सरकारबाटै सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्छ।र, तेस्रो:एशियाली क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नका लागि गठन गरिएको एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कबाट पनि सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्छ।

चाइना सिएसिएम इन्जिनियरिङ कम्पनी लिमिटेड र चाइना रेलवे इन्जिनियरिङ कन्सल्टेन्ट ग्रुपले गरेको स्थलगत अध्ययनका अनुसार लगभग १२१ किलोमिटर लामो रेलमार्गको ९८ प्रतिशतभन्दा बढी हिस्सा पुल वा सुरुङको हुनेछ। करिब २८.५५ अर्ब रुपैयाँ नेपाल सरकारले बजेट मार्फत वार्षिक रूपमा विनियोजन गर्ने हो भने उक्त परियोजना ९ वर्षमा आफ्नै लगानीमा सम्पन्न गर्न सकिने कुरालाई समेत उद्रीत गरिएको छ । (वीवीसी)को सहयोगमा


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com