२९ पुष २०७५, आईतवार

काठमाडौँ । नेपाल भकभके सङ्घले स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि ‘स्पिच थेरापी’ कार्यक्रमको आयोजना गरेको छ । सङ्घले शनिबार अपाङ्गता भएका व्यक्तिका लागि तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

सङ्घले आयोजना गरेको ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी एक दिवसीय कार्यक्रममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो ।

सो अवसरमा सङ्घका अध्यक्ष सञ्जयकुमार झाले सरकारले स्पिच थेरापी सेवा उपलब्ध गराउनुका साथै विद्यालयस्तरका पाठ्यक्रममा स्वर बोलाइसम्बन्धी अपाङ्गताको विषयलाई समावेश गर्नुपर्ने माग गर्नुरेका छन् ।

अपाङ्गतासम्बन्धी अधिकारकर्मीले राज्यका हरेक संरचनामा आफूहरूको समान सहभागिता हुनुपर्ने माग गर्दै आएका छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलव ९४ प्रतिशतअर्थात् पाँच लाख १३ हजार ३२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV