२९ पुष २०७५, आईतवार

रुपन्देही । प्रहरी र तस्करबीच भएको झडपमा यहाँ एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थ नगरपालिका १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका तस्करले आक्रमण गरेका थिए । साेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रहरीकाे जवाफी कारवाहीमा एक तस्कारको मृत्यु भएको बताइएको छ । तस्करको गोली लागेर एक जना प्रहरी पनि घाईते भएका छन् ।

मृतकको पहिचान खुलेको छैन । मृत्यु हुनेमा अन्दाजी ३०/३५ बर्षका पुरुष रहेका छन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV