२९ पुष २०७५, आईतवार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडलाई कालिकोट जिल्लाको रास्कोटबाट प्रत्यक्ष प्रसारण गरिएको छ । ‘सीधाकुरा’ टिम ‘रास्कोट कम्युनिटी अस्पताल’ निर्माणको लागि कालिकोटको रास्कोट पुगेको हो ।

कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. सामुदायिक अस्पताल निर्माणका लागि ‘सीधाकुरा’ टिम कालिकोटको रास्कोटमा

कालिकोट । हामीले कार्यक्रमको सुरुवातीदेखि नै आम सर्वसाधारणका चासोलाई प्राथमिकतामा राखेर विषयहरु प्रशारण गरिरहेका छाैँ । हामीले सुरु गरेको जनउत्तदायी पत्रकारितामा कतिपय अवस्थामा समस्या मात्रै देखाउँदैनाैँ समाधानको बाटो पनि देखाउँछाैँ ।

हामीले हरेक बर्खामा आउने बाढीमा डुबानमा पर्ने सप्तरीको कोहिलाडी स्थित मुसहर बस्तीमा ५२ ओटा घर निमार्ण गरी ५२ परिवार मुसहरहरुलाई हस्तान्तरण गरेका छाैँ । सायद आउँदा बर्खामा उनीहरु निदाइरहेको बेलामा बाढीको त्रासले भाग्नु पर्दैन ।

२. कालिकोटमा ‘सामुदायिक रास्कोट अस्पताल’ किन ?

काठमाडौं । कालिकोट रास्कोटकी ७ वर्षीया आशा न्यौपानेको दाँतको गिजा केही समय अघि सामान्य सुन्निएको थियो । गाँउमा सामान्य सिटामोल पाइने स्वास्थ्य चौकी बाहेक थप उपचार गर्नु परे पनि ६ घण्टाको यात्रा तय गरेर सदरमुकाम मान्वा हुँदै अन्यत्र पुग्नु पर्ने भएपछि परिवारले खासै चासो देखाएन । बालबालिकाको रोग ठीक भैहाल्छ भन्दै बसेका आशाका परिवार अहिले भने चिन्तित छन् ।

अहिले पहिले सामान्य देखिएको इन्फेक्सनले भैयावहरुप लिइरहेको छ । गिँजामा जमेको पिप उनको अनुहार हुँदा मष्तिस्कसम्म फैलियो ।
सामान्य अवस्थामा हुर्केकी आशा अहिले असमान्य हुँदै छन् ।

३. बुद्धको जन्मथलो लुम्बिनीमा भारतको ठेगाना राखेर विहार निर्माण

लुम्बिनी । गौतम बुद्धको जन्मथलो नेपालको कपिलवस्तु स्थित लुम्बिनीमा पर्छ, यो भनिरहनु पर्ने विषय नै होइन । तर जब लुम्बिनीको संरक्षण र प्रवर्दनका लागि बनाइएको लुम्बिनी गुरुयोजना भित्रै निर्माण भैरहेको योजनामा लुम्बिनी भारतीय भुभाग भएको देखाइएको छ ।

जापानको सोक्यो संस्थाद्वारा लुम्बिनी भित्र निर्माण गर्दै गरेको विहारको जानकारी दिने साइन बोर्ड भने भारतको् देखाइएको छ ।

४. मेनपावर व्यवसायीको चलाखी, श्रम सम्झौता नसकिँदै कामदार फिर्ता गरायो !

काठमाडौं । रोजगारीका लागि टर्कीको विमानस्थल निमार्णका लागि गएका १ हजार बढी कामदार श्रम सम्झौता अवधि नसकिदै नेपाल फर्र्किएका छन् ।

रोजगार दाता कम्पनीले फ्री भिषा फ्री भिषा टिकटमा ल्याएको र काम सकिएको भन्दै उनीहरुलाई नेपाल फिर्ता गरेको हो तर कामदारहरुले भने पनि नेपालबाट युरो नेपाल इन्टरनेशनल इम्पोलोमेन्ट सर्भिस, स्वीफ्ट मेनपावर र डेल्टा मेनपावरले साढे २ लाखदेखि ४ लाखसम्म पैसा लिएर २ बर्षको श्रम सम्झौता गराएर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV