२८ पुष २०७५, शनिबार

काठमाडौं । रोजगारीका लागि टर्कीको विमानस्थल निमार्णका लागि गएका १ हजार बढी कामदार श्रम सम्झौता अवधि नसकिदै नेपाल फर्र्किएका छन् ।

रोजगार दाता कम्पनीले फ्री भिषा फ्री भिषा टिकटमा ल्याएको र काम सकिएको भन्दै उनीहरुलाई नेपाल फिर्ता गरेको हो तर कामदारहरुले भने पनि नेपालबाट युरो नेपाल इन्टरनेशनल इम्पोलोमेन्ट सर्भिस, स्वीफ्ट मेनपावर र डेल्टा मेनपावरले साढे २ लाखदेखि ४ लाखसम्म पैसा लिएर २ बर्षको श्रम सम्झौता गराएर पठाएका थिए ।

टर्कीमा निर्माणाधीन विमानस्थलमा स्कापफोल्डीङमा करिब १३ सय जना नेपाली कामदार पठाएका थिए । तर टर्की पुगेको एक बर्ष नपुग्दै कम्पनीले कामदारलाई फ्रि भिषा फ्रि टिकटमा ल्याएको र काम सकिएको भन्दै फिर्ता पठाइदिएको गुनासो छ ।

कम्पनीले कामदारको भिषा, टिकट तथा मेनपवारको कार्यालय खर्च समेत पठाएको कामदारसँग बताएको छ । तर यता उनीहरुले मेनपावरलाई साढे २ लाखदेखि ४ लाखसम्म अशुलेको छ ।

कम्पनीले फ्रि भिषा फ्रि टिकट उपलब्ध गराउँदा पनि पैसा तिरेको घटनाले कम्पनीको बदनामी भएको भन्दै फिर्ता पठादिएको कतिपयको भनाई छ ।

१ सय ३० जना भन्दा बढीले उजुरी गरेपछि युरो नेपाल मेनपवारका लाल बहादुर कवाडीलाई वैदेशिक रोजगार विभागले पटक पटक पत्राचार गर्दा उपस्थीत नभए पछि पक्राउ पूर्जी जारी गरेको छ । साथै डेल्टा मनेपावर र स्वीफ्ट मनेवापवरका विरुद्ध पनि विभागमा उजुरी दर्ता भएको छन् ।

तर विभागले मेनपावरलाई पैसा बुझाएको लिखितको आधारमा मात्रै कारवाही गर्ने तयारी गरेपछि पीडितहरुले न्याय पाउनेमा आशंका उब्जीएको छ । यति मात्र होईन् मेनपावर सञ्चालकले पीडितलाई कुटपिट गरेका छन् ।

कम्पनीले फ्रि भिषा र फ्रि टिकट तथा कार्यालय सञ्चालन खर्च उपलब्ध गराएको बिषयमा भने विभागले छानबिन गरेको छैन । पीडितहरुका अनुसार मनेपावरले कम्पनीबाट र कामदारसँग दोहोरो पैसा अशुलेको छ ।

अहिले युरो नेपाल मेनपावरको कार्यालय भेटिएको छैन भने सञ्चालक सम्पर्क विहीन छन् । डेल्टा मेनपावर र स्वीफ्ट मेनपावरले पीडितको कुरा सुन्ने पक्षमा छैनन् ।

LIVE TV