२८ पुष २०७५, शनिबार

कास्की। समृद्ध देश निर्माणको धरातल निर्माण गर्न सरकारले लागिपरेको छ ।

पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारले मृद्ध देश निर्माणको धरातल निर्मार्ण गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएको हो ।

सडक, रेल, सिँचाइ, जलस्रोत, केबलकारलगायत मुलुकको समग्र विकासका लागि अवधारणा बनाएर अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ विष्टले भने । सरकारले जनताबीच गरेका प्रतिबद्धता पाँच वर्षभित्रमा पूरा गर्ने तयारीका साथ काम गरेको पनि उनले बताए ।

समय लागे पनि सरकारले परिणाम दिएरै छाड्ने मन्त्री विष्टको भनाइ हो । उनले सार्वजनिक, सहकारी र निजी क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गरी देशमा व्याप्त बेरोजगारी समस्या समाधान गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV