२८ पुष २०७५, शनिबार

चितवन । मिनी म्याराथुन प्रतियोगितामा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो भएको छ ।

पार्की लायन्स क्लब अफ बागिश्वरीले आयोजना गरेको २१ किलोमिटर मिनी म्याराथुन प्रतियोगितामा प्रथम भएका हुन् । उनले प्रमाणपत्रसहित नगद रु ४० हजार प्राप्त गरेका छन् । उनले २१ किमीको दूरी एक घण्टा ११ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन्।

नेपाल आर्मीका कृष्ण बस्नेत दोस्रो भएका छन् । उनले रु २५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । उनले एक घण्टा ११ मिनेट ५२ सेकेन्डमा दूरी पार गरेको हो ।

यसैगरी आर्मीका गजेन्द्र शाह तेस्रो, आर्मीकै होमलाल श्रेष्ठ चौथो, आर्मीकै कल्याण बानियाँ पाँचाँै भएका छन् । उनीहरुले ले क्रमशः रु १५ हजार, रु सात हजार र रु पाँच हजार नगद प्राप्त गरेका छन्।

LIVE TV