२८ पुष २०७५, शनिबार

सिराहा । एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जना पक्राउमा परेका छन् । सिराहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एपीएफ टोलीले छ जनालाई पक्राउ गरेको हो । एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरेको प्रहरीले बताए। काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुलाई समातिएको हो ।

उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV