२८ पुष २०७५, शनिबार

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिले राज्यका हरेक संरचनामा सहभागिता हुन पाउनुपर्नेमाग राखिएको छ । अपाङ्गता अधिकारकर्मीले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका लागि संवैधानिक व्यवस्था हुनुपर्ने बताए ।

शनिबार अपाङ्गता संगठन नेपालले आयोजना गरेको अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले सहभागिता पाउनु पर्ने माग गरेको छ । उनीहरुलाई विभिन्न राजनीतिक दलले निर्वाचनमा भोट बैँकका रुपमा मात्र प्रयोग गर्ने गरेको अधिकारकर्मीको गुनासो गरेको छ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. विजय सुब्बाले अधिकारका लागि अपाङ्गता भएका व्यक्तिबीच एकताका लागि आग्रह गरे ।

अधिकारकर्मी टेकनाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिको योगदानका कारण देशमा सकारात्मक परिर्वतन हुँदा समेत केन्द्रीय सरकार, प्रदेश सरकार, प्रतिनिधी सभा र राष्ट्रियसभा लगायत राज्यका कुनै पनि स्थानमा अपाङ्गता भएका व्यक्तिको सहभागिता हुन नसकेको गुनासो गरे ।

अपाङ्ता सङ्गठन नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताको सवालमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्न अपाङ्गता भएका व्यक्तिबीच एकता हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV