२८ पुष २०७५, शनिबार

ज्योति कुमार पन्थी,

गुलरिया । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र उप प्रमुख शुशिला गिरीलाई एक कार्यक्रममा सम्मानित गरिएको छ । थारू समूदायको महान पर्व माघीको अवसरमा आयोजना गरिएको दुई दिने माघी उत्सवको अवसरमा उनीहरूलाई सम्मानित गरिएको हो ।

बर्दियाको गुलरियामा पहिलो पटक सञ्चालन गरिएको माघी उत्सवमा सस्कृति संरक्षणामा अहम भूमिका निर्वाह गरिएको भन्दै नगर प्रमुख यादव र उप प्रमुख गिरीलाई सम्मानित गरिएको माघी उत्सव मुल समारोह समितिका संयोजक अधिवक्ता छविलाल थारूले बताए ।

थारूले भने, ‘अहिलेसम्म गुदरपया नगरपालिकामा कहिल्यै पनि माघी उत्सव भएको थिएन, तर जन प्रतिनिधि आएसंगै हामीले उहाँहरूसँग सहकार्य ग¥यौं । उहाँको सहयोगले हामी दुई दिने माघी उत्सव मनाई रहेका छौं । उहाँहरूको सहयोगको कदर गर्दै उहाँहरूलाई सम्मानित गरिएको हो ।’

उता गुलरिया नगरपालिकाका प्रमुख यादवले थारू समुदायको पर्वमा आफूलाई सम्मानित गरेर आफूमा थप उर्जा थपिएको बताए । बर्दियाको गुलरियामा सोमबारदेखि शुरू भयको माघी उत्सव दुई दिनसम्म सञ्चालन हुने र उत्सवमा विभिन्न जात जातिका नाचहरूका साथै विभिन्न परिकारहरूको स्वाद लिन पाइने आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV