२८ पुष २०७५, शनिबार

ओवागाडोउगोउ । जिहादी विद्रोहीहरुको आक्रमणमा परी उत्तरी बुर्किना फासोमा बाह्र सर्वसाधारण मारिएका छन् ।

इस्लामिक कट्टरपन्थीहरुको हिंसाको असर फैलिएको सो ठाउँमा गत बिहीबार घटना भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
पश्चिमी अफ्रिकी यस मुलुकका विभिन्न राज्यहरुमा सरकारले संकटकालको घोषणा गरेको थियो ।

सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीहरुले हिंसा मच्चाएको उल्लेख गरिएको छ । पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यस आक्रमणमा परी एउटा घर , एक कार तथा छ ओटा पसलहरुमा क्षति पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । उत्तरी बुर्किना फासोमा जिहादीहरुले सन् २०१५ बाट आक्रमण गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV