२८ पुष २०७५, शनिबार

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्ने भएको छ । यो भन पहिला अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो ।

तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको छ। अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ ।

तर पनि सैनिक भने कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमाा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु फिर्ता गर्ने प्रक्रिया भने शुरु भइसकेको जनाएका छन् । गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरु राख्नुभएको थियो ।

उहाँले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिनुभएको थियो । तर सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरु उपकरणहरु भने यसैहप्ताबाट शुरु गरिने जानकारी उहाँले दिनुभयो ।

उहाँले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताउनुभएको थियो ।

LIVE TV