‘पावर न्यूज’ प्रभाव: पीडादायी जीवन बाँचिरहेका बालबालिकाका लागि सहयाेग जुट्दै



प्रकाशित मिति : Jan 12, 2019

काठमाडौं । पुस २६ गते हामीले ‘पावर न्यूज’मा गुल्मी घुर्कोटस्थित वाग्लाका तीन बालबालिकाको पीडादायी यथार्थ प्रस्तुत गरेका थियौं ।

कार्यक्रम प्रशारण लगत्तै देशरविदेशमा रहनु भएका सहृदयी महानुभावले उनीहरुलाई सहयोग कसरी गर्न सकिन्छ भनेर जानकारी मागिरहनु भएको छ ।

हाम्रा गुल्मीस्थित टिभी जर्नलिष्टले गाउँपालिकाको संरक्षकत्वमा बैंक खाता खोलेर सहयोग जुटाउने प्रयास भइरहेको जनाउनु भएको छ । कतिपय दर्शकले तीनै जना बालबालिकालाई ल्याएर खाने, बस्ने सुविधासहित पढाउने चाहना पनि व्यक्त गर्नुभएको छ ।

सबै महानुभावको चासो र चिन्ताप्रति सम्मान व्यक्त गर्दै यसबारे भइरहेका प्रयास र तपाईँले गर्न चाहानु भएको सहयोगबारे हाम्रा गुल्मीस्थित टिभी जर्नलिष्ट प्रेम सुनुवार ९८५७०६१५३० बाट जानकारी लिन दिन सक्नु हुनेछ ।

बैंक खाता खुलेपछि त्यसको जानकारी टेलिभिजन र अन्य माध्यमबाट अवगत गराउने नै छौं । साथ, सहयोग र समर्थनका लागि धेरै–धेरै धन्यवाद ।

पुस २६ गते हामीले ‘पावर न्यूज’मा गुल्मी घुर्कोटस्थित वाग्लाका तीन बालबालिकाको पीडादायी यथार्थ प्रस्तुत गरेका थियौं । कार्यक्रम प्रशारण लगत्तै देश विदेशमा रहनु भएका सहृदयी महानुभावले उनीहरुलाई सहयोग कसरी गर्न सकिन्छ भनेर जानकारी मागिरहनु भएको छ ।

हाम्रा गुल्मीस्थित टिभी जर्नलिष्टले गाउँपालिकाको संरक्षकत्वमा बैंक खाता खोलेर सहयोग जुटाउने प्रयास भइरहेको जनाउनु भएको छ । कतिपय दर्शकले तीनै जना बालबालिकालाई ल्याएर खाने, बस्ने सुविधासहित पढाउने चाहना पनि व्यक्त गर्नुभएको छ ।

सबै महानुभावको चासो र चिन्ताप्रति सम्मान व्यक्त गर्दै यसबारे भइरहेका प्रयास र तपाईँले गर्न चाहानु भएको सहयोगबारे हाम्रा गुल्मीस्थित टिभी जर्नलिष्ट प्रेम सुनुवार ९८५७०६१५३० बाट जानकारी लिन दिन सक्नु हुनेछ । बैंक खाता खुलेपछि त्यसको जानकारी टेलिभिजन र अन्य माध्यमबाट अवगत गराउने नै छौं । साथ, सहयोग र समर्थनका लागि धेरै–धेरै धन्यवाद ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com