नेकपा एकता : शक्तिशाली कार्यदलले पनि ताेकेकाे समयमा प्रतिवेदन बुझाउन सकेन



प्रकाशित मिति : Jan 12, 2019

सरकार र पार्टी दुवैसँग अाशा मर्दै

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतासँगै कार्यकर्ता र जनतामा नयाँ आशा चुलिएको थियो । गत जेठ ३ गते एकता भएर नवगठित नेपाल कम्युनिष्ट पार्टीसँग धेरैले धेरै आशा राखेका थिए । तर, पछिल्लो समय नेकपा नेतृत्वको सरकार मात्र नभई पार्टीसमेत सुस्त हुँदा कार्यकर्ता, मतदाता तथा आमजनता नै हतोत्साही हुन थालेका छन् ।

एकीकरण प्रक्रियाले गति लिन सकेको छैन । तल्लो तहसम्म पार्टी एकताको काम बाँकी नै छ । एकता प्रक्रिया टुग्याउन पटकपटक कार्यदल बनाए पनि ठोस प्रगति हुन सकेको छैन । सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन पछिल्लोपटक गठन गरिएको कार्यदल पनि तोकिएको समयमा प्रतिवेदन बुझाउन असफल भएको छ ।

सांगठनिक एकताको विषयमा विवाद समाधान गर्न नसक्दा तोकिएको समयमा प्रतिवेदन बुझाउन कार्यदल असफल भएको र व्यस्तताका कारण कार्यदलले प्रतिवेदन तयार पार्न नसकेको हो । संगठनात्मक काम गर्न स्थायी समितिले बनाएको कार्यदलका अधिकांश सदस्यको व्यस्तताको असर पार्टी र सरकारमा परिरहेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको ब्यस्तताका कारण छलफल हुन नसक्दा प्रतिवेदन बुझाउन कार्यदल असमर्थ देखिएको हो । पुस १३ गते बसेको स्थायी कमिटिको बैठकले एकीकरण टुंगो लगाउन निर्देशन दिए पनि समयसीमामा कार्यदलले एकीकरण प्रतिवेदन बुझाउन सकेन ।

This image has an empty alt attribute; its file name is nekapa-communist-parti.jpg

कार्यदलले भने विधानका विषयमा छलफल गरेको छ । कार्यदलमा पोलिट्ब्युरो गठन, भातृसंगठनको एकता हुँदा नेतृत्वको विषय, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाडफाँट, तल्लो तहको एकतामा नेतृत्वको विषय विवादित बनेको छ ।

कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com