कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन शिक्षामन्त्री पोखरेललाई सुझाव



प्रकाशित मिति : Jan 12, 2019

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ ।

कार्यदलले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै संघीय र प्रादेशिक विश्वविद्यालयको ढाँचामा विश्वविद्यालयको स्वरुप निश्चित भइनसकेकाले कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन सुझाव दिएको हो ।

संघीय र प्रादेशिक विश्वाविद्यालयको स्वरुप निश्चित र राष्ट्रिय आवश्यकता पहिचान गरी निजी कलेजलाई सम्बन्धन दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, सञ्चालनमा रहेका अधिकांश सामुदायिक र निजी क्याम्पसमा पनि विद्यार्थी कम हुनु र भौतिक पूर्वाधार अभाव भएकाले हाललाई सम्बन्धन दिनु उचित नहुने समेत कार्यदलले निष्कर्ष निकालेको हो । शैक्षिक गुणस्तर कायम गर्न पनि हाललाई सम्बन्धन रोक्नु पर्ने र गुणस्तर शिक्षामा सरकार केन्द्रित हुनुपर्ने समेत कार्यदलले सुझाव दिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com