२८ पुष २०७५, शनिबार

काठमाडौँ । गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । यो गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका हुन्।

भाइरल गायिका अधिकारिले यो भन्दा पहिला फिल्म “नभन्नु ल ५” को “बालापनको उमेर” गीत गाएकी थिइन् । संगीतकार बसन्त सापकोटाले उक्त फिल्ममा समिक्षालाई गीत गाउने अवसर दिएका थिए । मिठो स्वरकी धनी समिक्षालाई संगीतकार सापकोटाले नयाँ गीत“वनमा काफल पाक्यो” रेकर्ड गराएका हुन् । यो गीतमा सापकोटाले नै संगीत भरेका छन् । गायक सरोज ओलीले गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् ।

गीतको भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । गीतलाई विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गरेको छ ।

LIVE TV