२८ पुष २०७५, शनिबार

काठमाडौँ । फिल्म ‘रणवीर’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार हुन् ।

फिल्मको ट्रेलरमा प्रेम, एक्सनलाई देखाईएको छ । गोविन्द सिहं भण्डारीको निर्देशन गेरेको यो फिल्ममा उनकै कथा, पटकथा, संवाद रहेको छ । फिल्मको छायाँकन महेश पौडेलकोले गरेका छन् । यो फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । चन्द्र पन्तको द्धन्द्ध रहेको यो फिल्ममा गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

सुशील र प्रशान्तको अलावा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको यो फिल्म माघ १८ गतेबाट रिलिज हुने भएको छ ।

LIVE TV